मंगलाका २०६२ सालका विद्यार्थीहरूद्वारा सरस्वतीको मन्दिर हस्तान्तरण - Welcome।Keshabfunction

नयाँ सामग्री

Tuesday, February 16, 2021

मंगलाका २०६२ सालका विद्यार्थीहरूद्वारा सरस्वतीको मन्दिर हस्तान्तरण

 मंगलाका २०६२ सालका विद्यार्थीहरूद्वारा सरस्वतीको मन्दिर हस्तान्तरण

मंगला माविका २०६२ सालमा एसएलसी व्याचका विद्यार्थीहरूले आफूले अध्ययन गरेको विद्यालयमा करिब ८ लाखको लागतमा सरस्वतीको मन्दिर निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् । २०७६ माघमा विद्यालय भूपू प्र.अ. श्री दीर्घबहादुर खड्काले शिलान्यास गर्नुभएको मन्दिर २०७७ माघमा सम्पन्न भएको थियो । मन्दिर हस्तान्तरण तथा ग्रहण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका

अध्यक्ष नारायण बहादुर अधिकारीको अध्यक्षता र विद्यालयका  भूपू  प्र अ दीर्घबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्र.अ. गमबहादुर खत्री र मंगला २ वडा अध्यक्ष धनबहादुर खातीले  उदाहरणीय कार्य गरेको भन्दै उक्त ब्याचका विद्यार्थीहरुलाई सकारात्मक र प्रेरणादायी कार्यका लागि हार्दिक बधाई  तथा धन्यवाद दिनुभएको थियो। 
उक्त ब्याचका विद्यार्थीहरु मतीलाल पौडेल रुचेन्द्र अधिकारी, राजु खड्का, प्रेमलाल सापकोटाशोभा खाती  र कर्ण बहादुर पुनको अगुवाईमा उक्त ब्याचका ५४ जना विद्यार्थी उक्त मन्दिर निर्माणमा जुटेका हुन् । उक्त अवसरमा मन्तव्य राख्दै ब्याजका विद्यार्थीहरु मतीलाल पौडेल र रुचेन्द्र अधिकारीले यस विद्यालयको विकासका लागि पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने र भविष्यमा पनि आफ्नो सहयोग रहने बताएका थिए साथै अन्य पूर्व विद्यार्थीहरु पनि विद्यालयको समग्र विकासमा योगदान दिन प्रेरित हुनुपर्ने बताएका थिए।कार्यक्रम विद्यालयका शिक्षक हुमनाथ पाण्डेको सञ्चालन र सहायक प्र अ सुनिल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रममा उपस्थित पूर्व विद्यार्थीहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। 

No comments:

Post a Comment

m.me/100775908870143