AI को सहयोगमा VBA Code बाट Excel मा पनि नेपाली पात्रो बनाउन सकिँदोरहेछ । तिथि, मिति, घडीपला, दिनमान सूर्य उदय, सूर्य अस्त लगायतका विवरणहरुसहितको नेपाली पात्रो
फाइल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 📥 नेपाली पात्रो Excel फाइल डाउनलोड गर्नुहोस्
नेपाली सूर्य पञ्चाङ्ग पात्रो (Excel) प्रयोग गर्ने सरल विधि
यो डिजिटल पञ्चाङ्ग तथा पात्रो प्रयोग गर्न तलका चरणहरू पालना गर्नुहोस्:
१. नयाँ वर्ष तथा महिनाको पात्रो तयार गर्ने तरिका
पात्रो जेनेरेटर खोल्नुहोस्:
नीलो बटनमा क्लिक (वा गृहपृष्ठको बटन थिच्नुहोस्)।
विक्रम संवत् वर्ष प्रविष्ट गर्नुहोस्: बक्समा आफूले चाहेको वि.सं. वर्ष (वि.सं. १९७५ देखि २१०० सम्म, जस्तै:
2083) टाइप गरी OK थिच्नुहोस्।महिना रोज्नुहोस्:
वर्षैभरिको १२ महिनाको पूरा पात्रो बनाउन ०(शून्य) टाइप गर्नुहोस्।
कुनै एउटा मात्र महिना बनाउन १ देखि १२ सम्मको नम्बर (जस्तै: वैशाखका लागि
१, जेठका लागि २) टाइप गरी OK थिच्नुहोस्।
फाइल सेभ गर्नुहोस्: केही सेकेन्डमै सूर्य पञ्चाङ्ग अनुसारको शुद्ध मासिक पात्रो तयार भई सेभ गर्ने विकल्प आउनेछ।
२. मासिक पात्रोमा उपलब्ध मुख्य सुविधाहरू
दैनिक २२ वटा शास्त्रीय विवरणहरू: गते, बार, तिथि, घडी-पला, बजे (नेपाली र अंग्रेजी समय), नक्षत्र, योग, करण, आनन्दादि योग, चन्द्र राशि, दिनमान (घ.प.), सूर्योदय, सूर्यास्त र अंग्रेजी मिति।
पर्व, चाडपर्व तथा भद्रा विवरण: हरेक दिनका व्रत, जयन्ती, पुर्णिमा/औंसी र भद्रा सुरु हुने तथा सकिने यकिन समय।
मलमास तथा क्षयमास पहिचान: अधिकमास (संसर्प) र क्षयमास (अंहस्पति) परेको महिनाको शीर्ष ब्यानर र दैनिक विवरणमा स्पष्ट जानकारी।
तल्लो सारांश तथा ग्रह स्पष्ट चक्र: महिनाभरिको दिनमान दायरा (सुरु र अन्त्य), महिनाका शास्त्रीय संस्कृत श्लोकहरू, सूर्योदयकालीन ग्रह स्पष्ट चक्र, उदय-अस्त र राशि कुण्डली सारांश।
४. Excel का सेलहरूमा सिधै फर्मुला (Worksheet Functions) प्रयोग गर्ने तरिका
यो फाइलभित्र तपाईंले आफ्नै कुनै पनि सिट वा सेलमा यी फर्मुलाहरू सिधै प्रयोग गर्न सक्नुहुन्छ:
दिनमान निकाल्न:
=GetDinman(2083, 1, 1)वा=GetDinman("2083-01-01")(नतिजा:३१।५२)पूरा दिनमान (घण्टा-मिनेट सहित):
=GetDinman(2083, 1, 1, TRUE)(नतिजा:३१ घडी ५२ पला (१२ घण्टा ४५ मिनेट))रात्रिमान निकाल्न:
=GetRatriman(2083, 1, 1)(नतिजा:२८।८)सूर्योदय समय हेर्न:
=GetSunrise(2083, 1, 1)(नतिजा:५:४३)सूर्यास्त समय हेर्न:
=GetSunset(2083, 1, 1)(नतिजा:१८:२४)
५. प्रिन्ट तथा PDF बनाउने तरिका
प्रिन्ट सेटअप मिलाउन: यसले पानालाई स्वतः ल्याण्डस्केप (Landscape) र १ पाना चौडाइमा मिलाइदिन्छ।
PDF मा सुरक्षित गर्न: Excel को File > Export > Create PDF/XPS मा गएर आकर्षक डिजिटल PDF बनाउन वा सिधै प्रिन्टरबाट प्रिन्ट गर्न सक्नुहुन्छ।
६. प्राविधिक जानकारी तथा सहयोग
सफ्टवेयर आवश्यकता: Microsoft Excel 2013, 2016, 2019, 2021 वा Microsoft 365 (Windows तथा Mac)।
फन्ट सपोर्ट: कुनै अतिरिक्त फन्ट डाउनलोड गरिरहनु पर्दैन, विन्डोजको डिफल्ट नेपाली युनिकोडमा नै स्पष्ट देखिन्छ।
विज्ञबाट मिले नमिलेको चेक गरी उचित सल्लाह र सुझावको अपेक्षा

No comments:
Post a Comment