नयाँ पाठ्यक्रम प्रारुप सम्बन्धी सुनुवाई मंसिर ४ गते हुने - Welcome।Keshabfunction

नयाँ सामग्री

Sunday, November 15, 2020

नयाँ पाठ्यक्रम प्रारुप सम्बन्धी सुनुवाई मंसिर ४ गते हुने

काठमाडौँ । सर्वोच्च अदालतमा आज पेसी हुने भनिएको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध मुद्दाको पेसी आगामी मंसिर ४ गते मात्र हुने भएको छ । सो पाठ्यक्रम गत कार्तिक २० गते कार्यान्वयन नगर्ने अल्पकालिन अन्तरिम आदेश जारी गरेको सर्वेच्चले पेसी हेर्न नभ्याएको भन्दै तिहारपछिका लागि पेसी सारेको हो ।

न्यायाधीसहरु वमकुमार श्रेष्ठ र मीरा खड्काको ईजलासमा तोकिएको आजको पेसी हेर्न नभ्याए पछि उक्त मुद्दाको सुनुवाई मंसिर ४ गतेका लागि सारिएको सर्वेच्चले जानकारी दियो ।नयाँ पाठ्यक्रम प्रारुपले गणित विषयलाई अपहेलना गरेको भन्दै गणित समाजका समर्थक भागवता अर्यालका नाममा मुद्दा हालिएको थियो । सो मुद्दाको पक्षमा केही निजी विद्यालय सञ्चालकहरुको पेसागत संघसंगठन देखिएपछि उनीहरुको प्रभावमा परी सार्वेच्चले अघिल्लो पेसीमा सो प्रारुप तत्काल लागु गर्न अन्तिरम आदेश दिएको शिक्षाविद्हरु बताउँछन् ।

केही निजी विद्यालय सञ्चालकहरुले उक्त विषय पठनपाठनका लागि थप शिक्षक तथा कक्षा सञ्चालन गर्न समस्या पर्ने भन्दै उक्त प्रारुपको विरोध गर्दै आएका छन् । 

एडुपत्रबाट साभार 

No comments:

Post a Comment

m.me/100775908870143