खुब सुहाएको छ (फुटकर कविता) - Welcome।Keshabfunction

नयाँ सामग्री

Sunday, September 19, 2021

खुब सुहाएको छ (फुटकर कविता)

खुब सुहाएको छ (फुटकर कविता)




खुब सुहाएको छ 
टाइ, सुट 
बेल्ट र बुटमा सजिएर
 भाषण गर्न ।
खुब जुराएको छ 
नोटमा भोट किनेर 
शासन गर्न । 

खुब सुहाएको छ 
भ्रष्टचारीलाई समाजवाद
अपहरणकारीलाई साम्यवादको 
कुर्ली कुर्ली भाषण गर्न । 
निमुखालाई शासन गर्न । 

मलाई 
समाजवादको बिल्ला ओडाएर 
आफू भने पुँजीवादमा डुब्न 
खुब सुहाएको छ । 

मलाई ल्याउनकै लागि 
कयौंको, 
सिउँदो पुछिएको छ
चुराहरु फुटाइएको 
छ खुसीहरु लुटाइएको छ । 
कतिलाई टुहुरो 
कतिलाई लुलो लङ्गडो 
बनाइएको छ । 
बिना स्वार्थ 
बिना अर्थ 
कयौंलाई 
जिउँदै जलाइएको छ 
सहिद बनाइएको छ । 
आज पनि, 
अनाथहरु भोकै जलेका छन 
वृद्धाहरु शोकमै ढलेका छन । 

यसरी ल्याइएको मलाई 
धेरै पटक
मिचिएको छ 
थिचिएको छ 
चिमोटीएको छु
 निमोठिएको छ । 

स्वार्थकै लागि 
मलाई
जलाउन खोजिएको छ 
म भित्र रहेर बनेका 
व्यवस्था नै ढलाउने 
चाल चालिएको छ 
म भित्रको मलाई 
नष्ट गर्ने 
चेष्टा पालिएको छ । 

तर पनि मलाई
 जलाउन खोज्ने
तिमीहरु नै, 
मेरा धारा धाराको टुक्का बनाएर 
कसैले समाजवादको 
कसैले साम्यवादको 
गीत गाउँदै हिड्छौ । 
क्रान्ति गरेर आएको तिमी 
शान्तिको हल्ला 
फिजाउँदै हिड्छौ । 
हरेक क्षण मलाई
लुटेका छौ तर पनि हरेक वर्ष 
मेरो दिवस मनाउन 
टाइ सुट
बेल्ट र बुटमा
जुटेका छौ । 
त्यसैले तिमीलाई 
खुब सुहाएको छ । 

मनकुमार जुग्जाली मगर                    
मंगला-१, भर्जुला, म्याग्दी                    
शिक्षक (श्री थाइबाङ्ग आधारभूत विद्यालय) 
(संविधान दिवसको उपलक्ष्यमा लेखिएको रचना)

No comments:

Post a Comment

m.me/100775908870143