कृष्ण दाइ ! (फुटकर कविता) - Welcome।Keshabfunction

नयाँ सामग्री

Tuesday, September 28, 2021

कृष्ण दाइ ! (फुटकर कविता)

कृष्ण दाइ ! (फुटकर कविता) 


सबैको हाइ हाइ 

मेरो कृष्ण दाइ 

तिमी तिमी नै हौ 

तर

तिमी त्यसै तिमी बनेको हैन 


तिमी बन्नका लागि

तिमीमा धन छ 

धनभन्दा ठूलो मन छ 

मनभित्र  

मानवताको ज्ञान छ । 

 

तिमीमा 

बौद्धिकता छ 

हार्दिकता छ 

भावुकता छ 

त्यो भन्दा माथि मानवता छ 

त्यसैले तिमी तिमी नै हौ । 


 अस्पतालको शैयामा 

मृत्युलाई कुरेको बिरामी,

समाज, संघ संस्था 

प्यारो पाठशाला 

सबैमा तिम्रो योगदान छ ।

तिम्रो योगदानलाई 

युगले झुक्ने छ

                                                                   मानवले पुज्ने छ । 

 

गरिबको झुपडीमा तिमी छौ 

त्यसैले त 

गरिबको थपडीमा तिमी छौ । 

तर

तिमीलाई सरकारले

न त चिन्न सक्यो

न त केही दिन सक्यो  

न त तिमीलाई 

तिम्रो मूल्य दिन सक्यो

त्यसैले त तिमी आज 

प्रदेशमा पसिना र रगतले 

पैसा साट्छौ 

अनि 

सरकारको अस्पताललाई 

इसिजी मेसिन दिन्छौ  

त्यसैले तिमी तिमी नै हौ । 

 

म त तिमीमा देवत्व देख्छु 

देवता र तिमीमा 

तिमीलाई रोज्छु । 

त्यसैले

तिमी तिमी नै हौ 

कृष्ण दाइ ! 

 




मनकुमार जुग्जाली

मंगला-, भर्जुला, म्याग्दी 

शिक्षक 

श्री थाइबाङ्ग आधारभूत विद्यालय 

मंगला-, थाइबाङ्ग, म्याग्दी । 

(अर्मन स्वास्थ्य चौकीलाई इसिजी मेसिन दिने कृष्ण शेरपुन्जाप्रति सम्मान व्यक्त गर्दै लेखिएको रचना)

 


No comments:

Post a Comment

m.me/100775908870143